गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन सोमबार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्री मनाङेलाई बढी बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
सत्ता साझेदार समाजवादीका एक्ला सांसद मनाङेलाई कुनै हालतमा मन्त्री नबनाउने अडान लिएका मुख्यमन्त्री पाण्डेले अहिले सत्ता टिकाउनै लागि मनाङेलाई मन्त्री बनाएका हुन् ।
मनाङे चाैथाै पटक मन्त्री बनेका हुन् । यसअघि उनी ३ पटकसम्म खेलकुद मन्त्री भएका थिए । नवनियुक्त मन्त्री मनाङेको सोमबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई अर्को मन्त्रालयको जिम्मेवारी समेत थप गरेका छन् । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मवारी दिएकोमा सोमबार मन्त्रालय पुर्नगठन गरेर जिसीलाई थप सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जाली थिए ।
गुण्डागर्दी पृष्ठभूमिका मनाङे अहिले सत्ता खेलाडीका रूपमा देखिएका छन् । स्वतन्त्र जित्ने, जता फाइदा पुग्छ उतै मिल्ने मनाङेले अहिले मौकामा चौका हान्न लागेका हुन् ।
गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा हालका मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।
गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएको अवस्था र नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका बेला उनको सरकार जोगिने सम्भावना पनि उत्तिकै देखिन्छ ।
मनाङे र फडिन्द्र काँग्रेससँग उभिएको अवस्थामा राप्रपा जुन कित्तामा उभिन्छ, उसैको सरकार चल्छ र मध्यावधि रोकिन्छ । सत्ता गठबन्धनले राप्रपालाई सामेल नगरेका कारण दुवैतर्फ बराबरी अवस्थामा राप्रपाले काँग्रेस नेतृत्व मानेर यही सरकार निरन्तर चल्न सक्ने अवस्था पनि छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन