गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार शपथ खुवाएका हुन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नै मन्त्री नियुक्त गरेका थिए।
योसहित मनाङे चौथो पटक प्रदेश मन्त्री बनेका हुन्। उनलाई गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले दुईपटक खेलकुदमन्त्री नियुक्त गरेका थिए। त्यसपछि कृष्णचन्द्र नेपालीले पनि मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका थिए।
सोमबार मन्त्री नियुक्त भएसँगै गण्डकी प्रदेशमा हालसम्म बनेका सबै सरकारमा मनाङे मन्त्री बन्न सफल भएका छन्। सत्ता साझेदार समाजवादीका एक्ला सांसद मनाङेलाई कुनै हालतमा मन्त्री नबनाउने अडान लिएका मुख्यमन्त्री पाण्डेले अहिले सत्ता टिकाउनकै लागि मनाङेलाई मन्त्री बनाएका हुन् ।
मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।
उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए।
संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ। पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा हालका मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।
गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएको अवस्था र नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका बेला उनको सरकार जोगिने सम्भावना पनि उत्तिकै देखिन्छ ।
मनाङे र फडिन्द्र काँग्रेससँग उभिएको अवस्थामा राप्रपा जुन कित्तामा उभिन्छ, उसैको सरकार चल्छ र मध्यावधि रोकिन्छ । सत्ता गठबन्धनले राप्रपालाई सामेल नगरेका कारण दुवैतर्फ बराबरी अवस्थामा राप्रपाले काँग्रेस नेतृत्व मानेर यही सरकार निरन्तर चल्न सक्ने अवस्था पनि छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’