मोरङ । मोरङमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । मोरङ बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । घटना भएको केही समयमै इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालको नेत्रीत्वमा प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धारिलो घरेलु हतियार प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यलय बेलबारीदेखि घटनास्थल करिब एक किलोमिटर दूरीमा रहेको छ ।
पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उनको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ । गीताको शव बिहान ९ बजे पोष्टमार्टमको लागि विराटनगर लगिएको छ भने श्रीमानको शव कोशी अस्पतालमा रहेको छ ।
बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरुका ८ वर्षीय छोराले भने भागेर ज्यान बचाएका छन् ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने