स्याङ्जाको अर्जुनचौपारीमा अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरि २५ क्लबको सहभागिता रहने बताइएको छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ बजारस्थित दरौँखोलाको खेलमैदानमा फागुपुर्णिमाको अवसरमा दरौँखोला युवा परिवारद्वारा हरेक वर्ष जस्तै यस वर्षपनी अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण काफ्लेले बताए ।
क्लबका अध्यक्ष काफ्लेले उक्त भलिबल प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।
उनले अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
क्लबका अध्यक्ष काफ्लेका अनुसार चैत्र ११ गतेदेखि १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक खिम गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो