स्याङ्जाको अर्जुनचौपारीमा फागु पुर्णिमाको अवसरमा आयोजित वडा क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
दरौँखोला युवा परिवारले हरेक वर्ष जस्तै यस वर्षपनि आयोजना गरिएको प्रतियोगिता एक हप्तासम्म चल्ने क्लबका अध्यक्ष किरण काफ्लेले बताए ।
उनले अर्जुनचौपारी -१ बजारस्थित दरौँखोलाको खेलमैदानमा हुने प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।
अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष काफ्लेले बताए ।
चैत्र १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल संयोजक खिम गुरुङले जानकारी दिए ।
उनले बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने बताए ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति प्रदेश सभासद भोजराज अर्यालले खेलका माध्यमबाट देशलाई चिनाउन सकिने तथा मानिसलाई सकारात्मक बाटोतर्फ डोर्याउन खेलको माध्यमले महत्त्वपूर्ण भुमिका निभाउने बताए ।
उनले यो ठाँउ साथै खेलमैदानको विकास निर्माणका लागि प्रदेश सरकारसंग आफू लड्ने बताए ।
उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरि २५ क्लबको सहभागिता रहने बताइएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा