पोखरामा विदेशी पर्यटकले पनि आपसमा रंग दलेर होली मनाएका छन्। विभिन्न देशबाट पर्यटकीय राजधानी पोखरा घुम्न आएका पर्यटकले रंगहरुको पर्व होली मनाउन पाउँदा फरक महसुस गरेको बताए।
लेकसाइडमा जम्मा भएका विदेशी पर्यटकहरुले पञ्चेबाजाको तालमा नाचगान गर्दै आपसमा रंग दलेको दृश्य क्यामरामा कैद गरिरहेको पाइन्थ्यो। लेकसाइडमा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होली महोत्सव भएको थियो।
महोत्सवमा नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटकहरू निकै रमाएका देखिन्थे। उनीहरूको अनुहार रंगले रंगीचंगी बन्दा आपसमा चिन्न समेत मुस्किल थियो। उनीहरू बालबच्चाहरूसँग औधी खुसी भएर रंग हान्ने र अबिर खेल्नमा व्यस्त देखिन्थे।

लेकसाइडको अम्बोटमा भेला भएर पर्यटकहरु पञ्चेबाजा, संगीतको तालमा होली खेल्दै खहरेचोकसम्म पुगे। उनीहरुले गौरीघाट, वाराहीचोक, हल्लनचोक परिक्रमा गरेका हुन्। महोत्सवमा पर्यटनसम्बद्ध विभिन्न संघसंस्था, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय क्लब, आमा समूहको सहभागिता थियो।

विगतमा कोरोना तथा आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्र चलायमान बनाउन यसप्रकारका कार्यक्रमले सघाउ पुग्ने पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। उनले आन्तरिकसहित उल्लेख्य संख्यामा विदेश पर्यटक पाउँदा सुस्ताएको पर्यटन अब चलायमान बन्ने शुभसंकेत देखा परेको बताए। होली मनाउन फेवाताल किनार जम्मा भएका मानिसलाई मनोरञ्जन प्रदान गर्न विभिन्न ठाउँमा कन्सर्ट समेत आयोजना गरिएको थियो।

पोखरा सांगीतिक कलाकार संघ नेपाल आयोजनामा हल्लनचोकमा दोस्रो होली म्युजिक फेस्टिभल भएको छ। कलाकारले लाइभ म्युजिकसहित विभिन्न प्रस्तुतमा दर्शक झुमाएका थिए।

त्यस्तै पाल्पाली समाज पोखरा, नेपाल पत्रकार महासंघ कास्की, ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, नेवाः खल कास्कीलगायतले संस्थागत रुपमा सामूहिक फागुपूर्णिमा र होली खेलेर आपसमा शुभकामना साटासाट गरी मनाए।

कतिपय कन्टर्समा भने बियरका बोत्तलसहित पर्यटक नाचेको दृश्यले यसको महत्वमाथि नै व्यङ्ग्य प्रहार गरेको पाइन्थ्यो। नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतजसो पोखरा आउने गर्दछन्। पर्यटन व्यवसायीहरुका अनुसार पोखराको पर्यटनमा करिब ६ खर्ब जतिको लगानी छ।

गत ४ चैतमा पोखरालाई नेपालमै पहिलो पल्ट पर्यटकीय राजधानी घोषणा गरिएको छ।

सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ