राजनीतिमा अहिले आम नागरिक के चाहन्छन् ? नयाँले नेतृत्व गरोस्, ठाउँमा युवा पुगुन् । र, अनुभवी होस् । ठूलो पार्टी नेकपा (एमाले) मा अहिले युवा नेतृत्व हाबी हुँदैछन् । अरु नयाँ पार्टीमा सबै नयाँ छन्, युवा छन् तर एमालेमा अनुभवी, परिपक्व युवाले मात्र नेतृत्व गर्ने बताउँछन् एमाले युवा नेता दर्शन लामा ।
उनी आफै पोखरा वडा नं. १३ को अध्यक्ष बनेर सक्षम नेतृत्व प्रमाणित गरिसकेका हुन् । उनलाई यसअघि नै मेयरको सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको थियो । पार्टीको कास्की जिल्ला उपसचिवमा जितेर प्रचार विभाग प्रमुख भएर मिडियासँग निकट रहँदै जनजनमा दर्शन भिजिसिकेका छन् ।
एमाले कास्कीको ११ औं अधिवेशनमा दर्शन सचिवमा उम्मेदवार छन् । उनले आफूले जीत हात पार्नेमा विश्वस्त छन् । भन्छन्ः ‘अनुभवी युवा हूँ, सबै प्रतिनिधिको साथ छ । म जित्छु ।’
यस्तो छ दर्शनको राजनीतिक जीवन
२०५८ सालमा प्ररायु संघ नेपाल, आर्वाविजय गाउँकमिटिबाट प्रत्यक्ष राजनीति सुरु गरेका दर्शन त्यसपछि जिल्ला कमिटि कास्कीको सदस्य भए ।
युवा संघ नेपालको उपाध्यक्ष हुँदै अध्यक्ष बनेर नेतृत्व दिए । युथ फोर्स कास्कीको प्रमुख भएर पनि नेतृत्व गरे । युवा संघ नेपालको केन्द्रीय कमिटि सदस्य बनेका उनी युथ फोर्स नेपालकै प्रमुख बने ।

२०६६ सालमा नेकपा एमाले क्षेत्र नं. २ कमिटि सदस्य बने । २०७० सालदेखि २ कार्यकाल एमाले कास्कीको सदस्य भए । २०७८ मा एमाले कास्कीको उपसचिव जिते ।
२०७४ देखि २०७९ सम्म पोखरा महानगरपालिका वडा नं. १३ को वडाध्यक्ष बनी आफूलाई प्रमाणित गरे । पोखरा वडा नं. १३ पोखराकै नमुना वडाका रुपमा रह्यो ।
नेकपा एमालेकै मेयर रहँदा उनले राम्रो कामलाई पूर्ण साथ दिएर नराम्रोलाई नराम्रो भयो, सुध्रिनुस, सच्चिनुस् भन्दै ध्यानाकर्षण गराइरहे ।
उनले साझा वडा अध्यक्षका रुपमा वडामा सबैको साथ समर्थन लिएर अघि बढे र वडाबासीको प्रिय बने । उनले राजनीतिशास्त्रमै स्नातकोत्तर पढेर योग्य बनेका छन् ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह