विद्यालय गएकी बालिका झुण्डिएको अवस्थामा मृत फेला

विद्यालय गएकी बालिका झुण्डिएको अवस्थामा मृत फेला

aatmahatya

बैतडी । बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका– १ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।

उनी विद्यालयबाट घर आउने समयमा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन् । विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो। परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिता बाटोमै मृत फेला परेकी हुन् ।

अस्मिताले आत्महत्या गरेकी हुन् या अन्य कारणले मृत्यु भएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds