पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कक्षा १२ को वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीका लागि विद्यालयले बिदाई कार्यक्रम आयोजना गरेको थियो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए ।
सांस्कृतिक कार्यक्रम सहित आयोजित बिदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले बिदाई भई जाने अग्रज विद्यार्थीलाई आगामि दिनका लागि शुुभकामना दिएका थिए ।
प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कक्षा ११ का विद्यार्थीले अग्रज कक्षा १२ का विद्यार्थीलाई बिदाई गर्नु आफैमा गतिलो संस्कार भएको बताए । उनले कम्तिमा दुइवर्षको यो अवधिले अगाामि दिनमा अघि बढ्न थप उर्जा मिल्ने बताए । आगामि दिनमा अझ मेहनतका साथ अध्ययन गरेर भविश्य उज्जवल बनाउन पौडेलको सुझाव थियो ।
‘युवाले अहिलेको उर्जाशिल समयलाई उपयोग गरेर भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्जवल बनाउन लगनशीलता र अटुट निरन्तरता चाहिन्छ,’ पौडेलले भने, ‘सफलताको लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुझेर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । अहिलेको प्रतिश्पर्धाले भोलिको भविश्य निर्धारण गर्ने पनि उनले बताए ।
विद्यालयका प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको बताए । सापकोटाले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए । ‘विद्यार्थीको मेहनत र लगाव देखेर सिंगो विद्यालयले उनीहरुको भविश्य उज्जवल देखेको छ,’ उनले भने, ‘अहिलेको यो मेहनतलाई खेर नफाल्नु । निरन्तरको मेहनतले भविश्यमा सफलता हात पार्नेछ ।’
सापकोटाले अहिलेसम्म विद्यालयले उत्कृष्ट नतिजा पस्केको र आगामि दिनमा यो भन्दा अझ राम्रो नतिजा दिनेमा आफु ढुक्क रहेको बताए । ‘हामीले अहिले विदाई गरेका भएपनि यो सधैका लागि बिदाई होईन, आगामि दिनमा थप राम्रोका लागि शुभकामना दिएका हौ,’ सापकोटाले भने, ‘अहिलेका विद्यार्थी भविश्यमा पनि विद्यालयका दुतको रुपमा रहनेछन ।’
संसारका कुनैपनि कुनामा पुगेपनि विद्यार्थीको सम्बन्ध रहिरहने उनले बताए । ‘हामीले भविश्यमा विभिन्न क्षेत्रमा अब्बल स्थानमा हाम्रै विद्यार्थी पुगेको देख्न चाहेका छौं,’ उनले भने । प्रतिभाबाट आर्जेको ज्ञान अरुलाई बाढ्न पनि सापकोटाको सुझाव थियो ।
पछिल्लो वर्ष विद्यालयका विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । सिंगो देशका लागि पदक भित्र्याउने विद्यार्थी उत्पादन गर्न विद्यालय सफल भएको सापकोटाले बताए ।
प्राचार्य सापकोटाले जिवनमा जति नै सुकै ठूलो पदमा पुगेपनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव पनि दिए । ‘कुनैबेला हामीलाई अप्ठेरो पर्दा त्यो अप्ठेरो फुकाउने चाबी हाम्रै विद्यार्थी बन्नेछन,’ उनले भने ।
प्रतिभा माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्यापन हुन्छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’