सुदूरपश्चिम प्रदेशको डोटी, जोरायल गाउँपालिकाबाट पोखरा आइपुगेको भ्रमण टोलीले गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टसँग भेट गरी बधाई ज्ञापन गरेका छन् ।
जोरायल गाउँपालिकाबाट करीब ४५ जना गाउँबासी कृषि अवलोकन भ्रमणका क्रममा पोखरा आइपुगेका हुन् ।
टोलीमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरासँगै अग्रज तथा ज्येष्ठ नागरिकहरु जय बहादुर हमाल, मान बहादुर मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, गाउँपालिका अन्तर्गतका ६ वटा वडाका अध्यक्षहरु जगत मल्ल, वीरबहादुर दर्लामी, नविन ओझा, नन्दराज भट्ट, ध्वज बहादुर देउवा, गणेश बोहोरा, कार्यपालिका सदस्यहरु, वडाका सदस्यहरु, शाखा प्रमुखहरु, वडाका सचिवहरु, ईञ्जिनियर लगायतका कर्मचारी सहभागी थिए ।

उक्त अवसरमा अध्यक्ष ओझाले ५० वर्ष बढी निष्ठाको राजनीति गर्नुभएका सुदुरपश्चिमका पाका नेतालाई गण्डकी प्रदेशको प्रमुख बनाइँदा समग्र सुदूरकै सम्मान भएको बताए ।
सम्बोधनका क्रममा भावुक बनेका ओझाले लामो राजनीतिक योगदानको कदरस्वरुप प्रदेश प्रमुखको पदमा देख्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरे ।
उपाध्यक्ष बोहराले बधाई ज्ञापन कार्यक्रममा हर्षको आँशु झार्दै सुदूरपश्चिमका धरोहरलाई आज गण्डकीमा यो पदमा देख्न पाउँदा खुशीको सीमा नाघेको बताइन् ।

प्रदेश प्रमुख भट्टले सम्मानका लागि आभार व्यक्त गर्दै गाउँठाउँबासीलाई सामुन्ने देख्न पाउँदा अत्यन्त सन्तोष लागेको बताए ।


सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प