लागू पदार्थ सेवन गरेर सवारी चलाउने ६ जना चालकलाई स्याङ्जामा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ का ४७ वर्षीय पदम बहादुर डिसुवा, कास्की पोखरा महानगरपालिका-२९ का २६ वर्षीय विशाल गुरुङ, पोखरा-१९ का ४८ वर्षीय होम बहादुर खत्री, स्याङ्जा वालिङ् नगरपालिका-११ का ३६ वर्षीय साजन थापा, पुतलीबजार नगरपालिका-१ का २६ वर्षीय अजय नेपाली र फेदिखोला गाउँपालिका-२ का ३७ वर्षीय अमृत मिजार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले पुतलीबजार नगरपालिका-१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा संयुक्त चेकिङ गरिएकोमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उक्त राजमार्गमा गुड्ने सवारी साधन चालकहरुको HENSO TEST KIT द्वारा लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा ६ जना चालकलाई लापसे सेवन गरि सार्वजनिक सवारी साधन चलाएकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका चालकहरूले लागूऔषध गाँजा सेवन गरि सवारी साधन चलाएको हुँदा नियन्त्रणमा लिएर `सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा´ मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु