नवलपुरको गैंडाकोटमा बोर्डिङ स्कुल बसले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की एक युवती घाइते भएकी छन् ।
गैंडाकोटको ओमशान्ति चोकबाट सरस्वती स्कुलचोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको ना.४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर स्कुटरमा सवार पर्वतको फलेबास नगरपालिका-४ घर भई हाल भरतपुर महानगरपालिका-२६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
दुर्घटनामा गैंडाकोट नगरपालिका-५ की २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान थालेको बताएको छ।
सम्बन्धित खबर
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
१० महिनामा एक लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे
मुस्ताङमा दुई भारतीय पर्यटकको हेली उद्धार
तनहुँको घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग