एमाले अध्यक्ष ओली शुक्रवार स्याङ्जा आउने

एमाले अध्यक्ष ओली शुक्रवार स्याङ्जा आउने

एमाले स्याङ्जाको अधिवेशन ओलीद्वारा उद्घाटन गरिने

Kp Oli

नेकपा(एमाले)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्याङ्जा आउने भएका छन् ।

स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटन गर्न पार्टीका केन्द्रीय अध्यक्ष ओली स्याङ्जा आउने भएका हुन् ।

शुक्रबारदेखि सुरु हुने अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्ने तय भएको प्रचारप्रसार कमिटीका संयोजक विश्व पौडेलले स्याङ्जाको जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा दिउँसो १२:३० बजे पार्टीका केन्द्रीय अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु गरिने छ ।

एमाले स्याङ्जाले बिहीवार गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । अधिवेशन आयोजक कमिटीले विभिन्न उपसमितिहरु गठन गरि परिचालित गरेको बताएको छ ।

अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनका लागि ६०९ प्रतिनिधि छनोट हुने प्रचारप्रसार कमिटीका संयोजक विश्व पौडेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ