धनगढी । कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्। हिजो (बुधबार) बेलुका प्रहरी जवान सुरज बिक मृत अवस्थामा भेटिएका हुन्।
जवान बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा मागेर धनगढी आएका थिए।
स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएका उनलाई १४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा बोलाइएको थियो। उनीएविरुद्ध उजुरी परेकोमा छलफलका लागि भनेर उनलाई कार्यालयमा बोलाइएको थियो।
तर, प्रदेशले हिजो नै बझाङका लागि रमाना (पठाएको) गरेको भनेर जिल्ला प्रहरी कार्यालय बझाङलाई म्यासेजसमेत गरेको थियो। तर रमाना भएका जवान बिक रमान हुनुपर्ने दिन नै मृत भेटिएका हुन्। उनी हिजो बिहानसम्म धनगढी बजारमै रहेकोमा बेलुका अचानक मृत भेटिएको स्रोतको दाबी छ।
स्रोतका अनुसार उनकी पत्नी पनि प्रहरी कर्मचारी नै हुन्। मृतक बिकले मृत्युभन्दा अगाडि कैलालीकै गेटामा कार्यरत पत्नीलाई फोनसमेत गरेको बुझिएको छ। यता प्रहरीले भने घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
सम्बन्धित खबर
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
एमाले अध्यक्ष ओलीले नरूचाएको प्रतिवेदनको पूर्णपाठ बाहिरियो (पूर्णपाठसहित)
गृह मन्त्रालयमा गरिमाका आमाबुबाको भिडियो खिचिएको रास्वपा महामन्त्रीकै आपत्ति
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै