एमाले स्याङ्जाको ९ औं जिल्ला अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली स्याङ्जा आएका छन् ।
जिल्लाको सदरमुकाम स्थित स्याङ्जा बजारको सिटीहलमा ९ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष ओलीले सहमतिबाट नै नेतृत्व चयन गर्दै एकजुट भएर अगाडि बढ्न निर्देशन गरे ।
उनले स्याङ्जा जिल्ला संघर्ष बोकेको, चेतना, राजनीति तथा हरेक क्षेत्रमा अगाडि रहेको बताउँदै अधिवेशनमा गुटबन्दी गरेर पार्टीलाई कमजोर नबनाई सहमतिबाट नेतृत्वको टुंगो लगाएर संगठनलाई बलियो बनाउँदै अगाडि बढ्न निर्देशन दिए ।

दुई दिनसम्म चल्ने अधिवेशनमा स्याङ्जा जिल्लाका ९ हजार ५४३ जना सदस्य रहेको ११ वटा पालिकाका ९७ वटा वडा कमिटीहरु, पार्टीका जनसंगठनहरु सबैको प्रतिनिधित्व हुने गरि ६०९ जना प्रतिनिधिहरु रहेको एमाले स्याङ्जाले जनाएको छ ।
अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ पदाधिकारी र १०० सदस्यसहित १०५ सदस्यीय जिल्ला कमिटी गठन हुनेछ । अधिवेशनबाट निर्वाचित उक्त कमिटीले ३ वर्षे कार्यकाल चलाउने छ ।
नेकपा एमाले स्याङ्जाले अधिवेशनमा युवा, महिला तथा उत्पीडित समुदायको प्रतिनिधित्वलाई महत्त्वका साथ लिइएको जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्