युवा संघ नेपाल, कास्कीको अध्यक्षमा मिलन

नयाँ नेतृत्व

युवा संघ नेपाल, कास्कीको अध्यक्षमा मिलन

युवाहरु अराजक जत्था बन्नुहुँदैनः पन्त

yuwa sang kaski nekapa s

एकीकृत समाजवादी निकट युवा संघ नेपाल, कास्कीको ११ औं जिल्ला अधिवेशनबाट मिलनजंग कुँवरको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ ।

८१ सदस्यीय कमिटीको उपाध्यक्षमा दिनेश बराल र कबिन नेपाली, सचिवमा साजन तामाङ, सहसचिवमा रितेश सापकोटा, जगन गिरी र सुस्मिता क्षेत्री तथा कोषाध्यक्षमा विश्वनाथ सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।

समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) की पोलिट्ब्युरो सदस्य तथा युवा संघ नेपाल केन्द्रिय कमिटी इन्चार्ज दिलु पन्तले अब युवाहरु अराजक जत्था होइन कि अनुशासित जीवन जिउने, उत्पादनसंग जोडिँदै श्रमजीवी बन्नुपर्ने बताइन् ।

उनले देशले मलाई के दियो ? भन्दा पनि हामीले देशलाइ के दिन सक्छौ ? भनेर योगदान गर्नुपर्ने बेला आएको पनि बताइन् ।

नवनिर्वाचित कमिटीलाई नेकपा एस, कास्कीका अध्यक्ष खड्ग हमालले बधाई ज्ञापन गरेका थिए ।

युवा संघ नेपाल, कास्कीका ईञ्चार्ज विकास पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साजन तामाङले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds