तनहुँ । नेत्र विक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीले आज मंगलबार नेपाल बन्दको घोषणा गरेको हो । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । बन्दले तनहुँको जनजीवन सामान्य प्रभावित भएको थियो । मंगलबार सडकमा निजी तथा सार्वजनिक यातायातका साधन अन्य दिन भन्दा कम गुडिरहेका थिए । त्यस्तै सदरमुकाम दमौलीका बिहानी कलेज र दिउसो विद्यालयमा पढाइ भएको थियो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दका क्रममा तनहुँमा एक ठाउँमा विस्फोटक पदार्थ विस्फोट र अर्को ठाउँमा नक्कली प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान ९ बजेको समयमा व्यास ११ स्थित छिर्कने नजिक विस्फोटक पदार्थ विस्फोट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विस्फोटबाट कुनैपनि क्षति नभएको प्रहरी जनाएको छ । त्यसैगरी दमौली-पोखरा सडक खण्ड अन्तरगत म्याग्दे गाउँपालिकाको बडहरे स्थित पृथ्वीराजमार्गमा नक्कली प्रेस कुकर बम भेटिएको छ ।

तनहुँको दमौली बजार
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई जना व्यक्तिले उक्त बम राजमार्गमा छाडेर गएका थिए । राजमार्गमा प्रेसर कुकुर बम छाडिएको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थलमा खटिएको थियो । उक्त प्रेसरकुकर बम नक्कली भएको तनहुँ प्रहरी जनाएको छ । प्रेसर कुकर भित्र माटो राखेर भयभित बनाइएको समेत प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ भयभित पार्ने राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले बताए ।
बन्द अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको समेत प्रहरी प्रमुख शाहले जानकारी दिए । बन्दको सामान्य असर रहेको तनहुँको दमौली बजार भने सुनसान रहेको थियो । नक्कली प्रेसरकुकर बम र विस्फोटक पदार्थ विस्फोटको भएको विषयमा अनुसन्धान भैरहेको तनहुँका प्रहरी प्रमुख शिद्धि विक्रम शाहले जानकारी दिए । फोटो : विकास खनाल
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?