पर्वत । नेकपा (एमाले) पर्वतको नयाँ नेतृत्व चयनका लागि चुनाव भएकोमा पदम गिरी निकट प्यानलले क्लीन स्वीप गरेको छ । अध्यक्ष गोविन्द पहाडीसहित सबै पदाधिकारी र सदस्यले जीत हात पारे ।
एमाले पर्वत जिल्ला १० औँ अधिवेशनमा शुक्रबार भएको निर्वाचनमा निवर्तमान राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना तथा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङको हेभिवेट समूहलाई कानुनमन्त्री समेत रहेका गिरी नेतृत्वको समूहले क्लीन स्वीप गरेको हो । पदम गिरी खगराज अधिकारी निकट हुन् ।
गिरी समूहका गोविन्द पहाडीले तिमिल्सिना समूहका पदमपाणी शर्मालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका छन्। पहाडीले १२१ मतको फराकिलो अन्तरले शर्मालाई पराजित गरेका हुन्। शर्माले १ सय २७ मत ल्याउँदा पहाडीले २ सय ४८ मत प्राप्त गरे।
त्यसैगरी, विमल लामिछानेले २१७ मत प्राप्त गर्दै मिनप्रसाद श्रेष्ठलाई पराजित गरे। श्रेष्ठले १ सय ४८ मत प्राप्त गरे। यसैगरी, १ सय ८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिव प्रसाद पौडेलले १ सय ७२ मत पाए। १६ मतले सुवास अघि रहे ।
उपसचिव खुल्लामा चण्डीप्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई पराजित गरे। भुर्तेलले १८८ र उचैले १७२ मत प्राप्त गरेका थिए। महिलातर्फ उपचिवमा विन्दु अधिकारी २ सय १६ मतसहित विजयी बन्दा सरिता भण्डारीले १ सय ४५ मत पाइन्।
नयाँ नेतृत्वका लागि तिमिल्सिना समूहसँग गिरी नेतृत्वको समूह सहमतिमै नेतृत्व चयन होस्, जिल्लामा गुट नहोस् भन्ने प्रस्ताव राखेको भएपनि उनीहरु सहमतिमा नआएपछि नयाँ निर्वाचनले पदम गिरीलाई जिल्ला राजनीतिको शक्तिमा स्थापित गराइदिएको छ।
यो प्रतिष्ठाको लडाइँमा आफ्नो पक्षलाई नेतृत्वमा ल्याउन तिमिल्सिनाले ठूलै जोडबल गरेका थिए । उनको समूहलाई सघाउन उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पर्वतमा सक्रिय रहे । उनीसँगै तिमिल्सिना समूहको पक्षमा पूर्वसंविधानसभा सदस्य कल्पना चापागाईं, पूर्वसंविधानसभा सदस्य एवम् पूर्व प्रदेश पर्यटनमन्त्री विकास लम्साललगायत मन्त्री गिरी समूहलाई रोक्नका लागेका थिए ।
तिमिल्सिनाले यसअघि निर्वाचनमा आगामी नेतृत्वका लागि पहाडीलाई सहयोग गर्ने वचन दिएको भएपनि महाधिवेशन सुरु भएपछि राजु पौडेललाई नै दोहोर्याउने कसरत गरे । तर, उपाध्यक्ष पदमपाणी शर्माले आफू नयाँ नेतृत्वको स्वभाविक दाबेदारका रुपमा प्रस्तुत भएपछि तिमिल्सिनालाई सोको व्यवस्थापनको चुनौती थपिएको थियो।



सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना