पोखरा । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल, कास्कीको नवनिर्वाचित कमिटिले नयाँ वर्षको अवसरमा वृद्धाश्रममा खाद्यान्न वितरणका साथै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्यो ।
सीतापाइला स्थित पोखरा वृद्धाश्रममा पुगेर कमिटिले खाद्यान्न वितरण गरेको हो । पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको थियो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज तुलबहादुर गुरुङले युवाहरुले आफ्नो सम्पूर्ण शक्ति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्नुपर्ने बताए ।
पछिल्लो समयमा देखिएका गुटगत गतिविधिप्रति असहमति जनाउँदै उनले अनुशासन, विधि पद्धतिको पालना गरेर मात्रै पार्टीलाई गति दिन सकिने कुरामा जोड दिए ।

पूर्व मन्त्रीसमेत रहेका नेता गुरुङले यो नयाँ बर्षले सबैमा सुख, शान्ति र समृद्दि छाओस् भन्दै विगतमा भएका सबैखाले नकारात्मक कुराहरु भुलेर एउटा सभ्य तथा सिर्जनशील समाज निर्माण गर्न युवाहरुको भूमिका प्रमुख हुने बताए ।
युवा संघ कास्की अध्यक्ष मिलनजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कास्की अध्यक्ष खड्ग हमाल, केन्द्रिय परिषद् सदस्य प्रेम पौडेल, युवा नेताहरु राजन शर्मा पराजुली, शर्मिला पौडेल, विकास पहारी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन