स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक बजारमारा युवा क्लबलाई पराजित गरेको मिलन युवा क्लब ओरस्टेले उपाधि जितेको छ ।
मिलन क्लब ओरस्टेले बजारमारालाई २५-१६, २५-२२, २५-२७ र ३६-३४ अंकले ३-१ को सेटमा पराजित गर्दै विजेता भएको हो ।
यस्तै, रिठ्ठा झाक्री युवा क्लबले २५-१८ र २५-१९ अंकले २-० को सोझो सेटमा आयोजक `बि´लाई पराजित गरेर तेस्रो स्थान हासिल गरेको हो ।
उक्त प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता मिलन युवा क्लबले नगद ४५ हजार रुपैयाँ, उपविजेता आयोजक बजारमारा युवा क्लब `ए´ले २५ हजार रुपैयाँ, तृतीय रिठ्ठा झाक्री युवा क्लबले १५ हजार रुपैयाँ र सान्त्वना आयोजक `बि´ले ७ हजार रुपैयाँ हात पारेको हो ।
विभिन्न विधा अन्तर्गत बेस्ट प्लयेर दिपेश सुनार(बजारमारा), बेस्ट स्पाइकर कृष्ण थापा(ओरस्टे), बेस्ट सेटर अन्जन विश्वकर्मा(ओरस्टे), बेस्ट ब्लकर राम विष्ट(सिमलचौर) र बेस्ट डिफेन्डर अरुण गुरुङ(बजारमारा)लाई मेडल सहितले पुरस्कृत गरिएको क्लबका अध्यक्ष अरुण गुरुङले बताए ।
विजेता र उपविजेतालाई सोही वडाका वडा अध्यक्ष नारायण प्रसाद ढकालले पुरस्कार वितरण गरेका थिए ।
नयाँ वर्ष २०८१ को अवसरमा चैत्र २४ गतेबाट शुरु भएको पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा