दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो ।
पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् ।
गण्डकी प्रदेशकै अग्रणी न्यूज पोर्टल गण्डकन्यूज र गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजक छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव हुन् ।
पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।
यही वैशाख ८ गते पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।
अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’