स्याङ्जाको गल्याङ नगरपालिका -३ स्थित तल्लो गल्याङ खेलमैदानमा प्रथम गल्याङ कप पुरुष भलिबल हुने भएको छ ।
वैशाख ४ गतेदेखि ९ गतेसम्म हुने आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा १० जिल्लाको सहभागिता रहने खेल संयोजक विशाल थापाले जानकारी दिए ।
तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख ५० हजार रुपैयाँ, उपविजेताले एक लाख, तृतीयले ५० हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।
उक्त प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने खेल संयोजक विशाल थापाले बताए ।
उनले स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, नवलपुर, तनहुँ, पर्वत, रुपन्देही लगायतका १० जिल्लाको प्रतियोगितामा सहभागिता रहने बताए ।
उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय लगायतका खेलाडीहरुको सहभागिता रहुने र खेल संचालनका लागि १४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ