स्याङ्जा पुतलीबजारका एक पुरुष बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका -३ बाढखोलाका ६२ वर्षीय जीवन जि.टी. रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।
गत पौष १४ गते परिवर्तित जिल्ला ४० की ८ वर्षीया परिवर्तित नाम `०८०/०८१ आँधिखोला ९१´ लाई डर, त्रासमा पारी करणी गर्ने आशयले बालयौन दुर्व्यवहार गरेको हुँदा जाहेरी प्राप्त हुनासाथ चैत्र २९ गते जि.टी.लाई पक्राउ गरिएको निरीक्षक लामाले बताए ।
पक्राउ परेका जि.टी.लाई स्याङ्जा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका काँग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
गण्डकीका भलिबल खेलाडी स्याङ्जामा सम्मानित
ट्राफिक सप्ताह -२०८१ सम्पन्न
बालिकालाई गर्भवती बनाउने हरिनासका रिम बहादुर पक्राउ
सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज निर्वाचित
अर्जुनचौपारीले विद्यालयमा नि:शुल्क रक्त समूह पहिचान गराउने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग