स्याङ्जाको पुतलीबजार नगरपालिका -९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने भएको छ ।
विगत लामो समयदेखि नै चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म संचालन हुँदै आइरहेको ऎतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।
जनसम्पर्क युवा क्लब काल्खुले `आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता´ भन्ने मुल नारालाई आत्मसात गर्दै वैशाख ११ देखि १७ सम्म मेला संचालन गर्ने तय भएको संयोजक प्रेम बहादुर रानाले जानकारी दिए ।
उनले मेलामा जलकन्या उत्तरादेवी मन्दिरको दर्शन, गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने, म्युजिक चियर दौड, घैटो फुटाउने प्रतियोगिता, विभिन्न साँस्कृतिक कार्यक्रमहरु साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने बताए ।
त्यस्तै, पुरुष भलिबल प्रतियोगिता अन्तर्गत विजयी टिमले ८० हजार, उपविजेताले ४० हजार र तृतीयले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक शंकर थापाले बताए ।
उनले अनुशासित टिमले १२ हजार नगदसहित मायाको चिनो पाउने बताए । प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको घोषणा गरि सम्मान गरिने साथै विभिन्न ५ विधामा खेलाडीलाई पुरस्कार गरिने जानकारी दिए ।
यसै गरि खुल्ला नृत्य प्रतियोगितातर्फ विजेता हुनेले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने सांस्कृतिक संयोजक स्वीकृती रानाले बताइन् ।

सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’