पोखरा महानगरपालिका वडा नम्बर १ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरको ३३ वटै वडामा भवन निर्माण गर्ने लक्ष्य अनुसार वडा नम्बर १ को भवनको शिलान्यास भएको हो ।
वडा कार्यालय भवनको शिलान्यास गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तत्कालिन समयमा पोखरा नगरपालिकाकै पहिलो भवन भएको वडा भएतापनि समयक्रम अनुसार पोखरामा जनघनत्व वढ्दै गएका कारण सेवाग्राहीहरुलाई मध्येनजर गरी नयाँ भवन निर्माण गर्नुपरेको बताए ।
पोखरा महानगर भित्र वडा भवनहरु निर्माण गर्ने क्रममा अव तीनवटा वडामात्रै भवन निर्माण गर्न बांकी रहेको र आगामी ३ वर्ष भित्रमा वडाका भवनहरु निर्माण सम्पन्न गरिसक्ने उनको भनाइ रहेको थियो । वडा नम्बर १ भित्रका सार्वजनिक महत्वका क्षेत्रहरुको संरक्षणका लागि स्थानियहरु लाग्नुपर्नेमा समेत उनले जोड दिए । पोखरा महानगरपालिका भवन शाखा प्रमुख लक्ष्मी प्रसाद गौतमले लागत रकम ४ करोड ११ लाख ४९ हजार भएतापनि ठेक्का प्रतिस्पर्धा बाट २ करोड ७५ लाख ४४ हजार, ६ सय ६८ भ्याट र पीएस सहित निर्माण कम्पनी एस बी कन्स्ट्रक्सनले ठेक्का पाएको बताए ।
निर्माण कम्पनीले २०८२ असोज १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको ५ सय २४ स्क्वायरमा निर्माण हुने उक्त भवन तीन तलेको रहने भवनको भुइतलामा राजश्व शाखा, अमिन, सचिव, कृषि, स्वास्थ्य र प्राविधिक रहने पहिलो तलामा वडा अध्यक्ष, वडा सदस्य लेखा र प्रशासन र त्यसमाथीको तलामा योजना शाखा, स्टोर र सभाहल रहने र असहायहरुलाई लक्षित गरी लिफ्ट समेत जडान गरिने गौतमले बताए ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बसन्त उदासले २०१६ सालमा पोखरा नगरपालिका स्थापना भएदेखिनै वडा नम्बर एक कायम भएको वताउदै १६ सालपछि पुनः ११ वडाबाट १६ हुँदै ३३ सम्म पुग्दा सम्म वडा नम्बर १ को भुगोेल सोहीनै रहेको वताए । तत्कालिन समयमा वडाको नेतृत्व हित बहादुर शाक्य, नरेशजंग राणा, भरतजंग राणा हुदै विश्वमोहन गौचन, शिद्धि गौचन, मोतीमान हुदै साहारा प्रधान सम्म आइपुगेको इतिहाँस रहेको वताउदै उदासले तत्कालिन समयमा शिद्धि गौचन अध्यक्ष हुँदा राष्ट्रिय माविको प्राङगण टुडिखेलमा तिहारको बेलामा भैलो खेलेर जम्मा गरेको रकमबाट पोखरा नगरमै पहिलो वडा भवन निर्माण गरिएको इतिहांस रहेको समेत बताए ।
शिद्धि गौचन पोखरा नगरको पहिलो वडा अध्यक्ष र संघियतापछिको स्थानिय तह गठनभएपछि पोखरा महानगरको पहिलो वडा अध्यक्ष समेत पोखरा १ ले नै पाएको वताउदै समयक्रम अनुसार सेवाग्राही वढ्दै जाँदा अहिले बालज्योती स्कुलमा अत्याधुनिक भवन निर्माण हुन लागेको र यसले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधानले वडाको भवन निर्माणलाई समयमानै सम्पन्न गर्ने र नया भवनबाट सेवाग्राहीले चुस्त दुरुस्त सेवा पाउने बताए । पोखरा महानगरपालिका वडा नम्बर १ का सदस्य रामजी प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य शोभा गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु