गोरखा। गोरखामा मलद्वार भित्र अड्किएको बोतल शल्यक्रिया गरेर निकालिएको छ।
गोरखा नगरपालिका वडा नं -३ नारेश्वरका ५७ वर्षीय पुरूषको विगत एक महिनादेखि अड्किएको किटनाशक औषधिको बोतल शल्यक्रिया गरेर निकालिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार एक महिनादेखि मलद्वारमा बोतल बोकेर हिंडेका उनलाई स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि आज बिहान गोरखा अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको थियो ।

एक्सरे गरेर हेर्दा ठूलो आन्द्रा अवरुद्ध भएर अड्किएको अवस्थामा बोतल देखिएपछि तत्काल दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा संक्रमण नफैलिएको पत्ता लागेपछि अप्रेसन गरिएको थियो।
अप्रेसनका लागि अस्पतालका सर्जनद्वय डा. जितेन्द्र कुमार सिंह, डा. विश्वराज खड्का, एनेस्थेसियोलोजिष्ट डा.शम्भु अधिकारी लगायतका टिमले करिब तीन घन्टाको शल्यक्रिया पश्चात् बिरामिको मलद्वारबाट १०×७.५ सेमीको डब्बा निकाल्न सफल भएको हो।
अचेत अवस्थामा भर्ना भएका उनको शल्यक्रिया पश्चात होस् आएको र उनलाई आइसीयुमा राखेर उपचार गरिएको अस्पताललाई उद्दृत गर्दै निर्देशनालयले जनाएको छ।
यद्यपी, बोतल मलद्वारमा कसरी अड्कियो भन्ने बारे केही खुलाइएको छैन।
तस्बिर : स्वास्थ्य निर्देशनालय, गण्डकी
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते