हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।
रोडिकोट स्वास्थ्य चौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति साढे १२ बजेतिर मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टापछि मृत्यु भएको हो ।
मृतक देवकोटालाई गएको शुक्रवारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजेमात्रै स्वास्थ्य चौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका इन्चार्ज टिका बोहराले बताए । इन्चार्ज बोहराका अनुसार आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी बेथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।
रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको साढे १० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको ज्यान गएको इन्चार्ज बोहराले बताए । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनले बताए । गाउँपालिकाको स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाइ छ ।
जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको बोहराले बताए ।
देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।
सम्बन्धित खबर
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो