तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर १ तल्लो गुणादीमा शुक्रबार देखि फ्रेन्डसिप युवा क्लवको आयोजनामा प्रथम फ्रेन्डसिप कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्लवका अध्यक्ष दुर्गाराज थापा मगरको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका थिए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।
‘लागू पदार्थ जुवा तास मुक्त गराउने अभियान” भन्ने नारा सहित शुक्रबार बाट सुरु भएको प्रतियोगिता जनैपुर्णिमा सम्म तल्लो गुणादी स्थित खेल मैदानमा संचालन हुने क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए । ‘युवा जगतमा खेलप्रति रुचि राख्ने र स्वास्थ्य सबल बनाउनको लागि आयोजना गरेका हौं क्लव थापाले भने,–‘युवाहरुमा हुने विकृति विसंगति हटाई भावनामत्क सम्बन्धलाई पनि नजिक बनाउने विश्वास गरेका छौं ।’
प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार ७ सय ५० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ३५ हजार ३ सय ५० रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टिमले नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिने क्लवका अध्यक्ष दुर्गा राज थापा मगरले जानकारी दिए । साथै प्रतियोगितामा ३० समुहको सहभागिता रहेको मगरले बताए ।

जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । शुक्रबार आयोजक फ्रेन्डसिप युवा क्लव र व्यास युवा क्लब विच भएको खेलमा ४-० गोल अन्तरले आयोजक विजयी भएको छ । उक्त खेलमा क्लवका अध्यक्ष दुर्गाराज थापा मगरले ३ गोल हानेका थिए ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा पनि लोकतान्त्रिक युवा कामदार क्लबलाई १ का विरुद्ध २ गोल हानि आयोजक फ्रेन्डसीप युवा क्लब विजयी भएको छ । शुक्रबार बाट सुरु भएको प्रतियोगिता भाद्र १० गते सम्म हुनेछ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया राना लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत क्लबका उपाध्यक्ष खिम बहादुर थापाले गरेका थिए । फोटो : विकास खनाल

सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?