प्युठान। कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकै गाउँका ५ जना महिलालाई १७ वर्षपछि पक्राउ गरेको छ।
जिल्लाको सरूमारानी गाउँपालिका -४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले घटना घटेको १७ वर्षपछि पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् ।
घटना अनुसार बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा विवाद हुँदा उल्लेखित महिला बाहेक हिमी कुमारी राना समेतले २०६३ असोज ९ गते गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए। घाइते हरिकलालाई तत्कालीन बुटवल अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पाँचै जना प्रतिवादी महिलालाई जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न अभियुक्तमध्ये हिमी कुमारी रानाको मृत्यु भइसकेको खुल्न आएको छ ।
हाल कर्तव्य ज्यान मुद्दाका ५ जना महिला प्रतिवादीहरूलाई फैसला कार्यान्वयको लागि जिल्ला अदालत प्युठानमा पठाएइको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार