पोखरा जेसिजले विभिन्न कार्यक्रम गर्दै जेसिज सप्ताह मनाउने भएको छ । बैशाख १९ देखि २५ गतेसम्म जेसीज सप्ताह मनाउन लागिएको हो ।
दिगो विकासका लागि युवा नेतृत्व भने उद्घोसका साथ सप्ताह मनाउन लागिएको अध्यक्ष देवराज शर्माले बताए । समुदायसँग जोडिएर जेसिज सप्ताह मनाउन लागेको उनको भनाई छ । `यो बर्ष केही पृथक कार्यक्रम गर्दैछौं । अघिल्ला वर्षमा भएका कार्यक्रमलाई पनि निरन्तरता दिनेछौँ´, शर्माले भने ।
पहिलो दिन बैशाख १९ गते सप्ताहको शुभारम्भ हुनेछ । शुभारम्भको अवसरमा नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार कार्यालय पोखरासंगको सहकार्यमा रक्तदान कार्यक्रम हुनेछ ।
दोस्रो दिन पोखरा महानगरपालिका-१० मा महिला सशक्तीकरण तथा सार्वजनिक भाषणकला सम्बन्धि तालिम आयोजना गरिएको छ । तेस्रो दिन आर्थिक विकास समृद्धिको आधार: वर्तमान परिस्थिति, सम्भावना र चुनौती विषयमा अन्तरक्रिया आयोजना गरिएको मुल संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए ।
कानुन मन्त्री पदम गिरी, पुर्व गभर्नर तथा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले वर्तमान अवस्थाको बारेमा बहस गर्नेछन् । चौंथो दिन पोखरा-३३ को शान्ती उदय माविमा निशुल्क स्वास्थ्य तथा दन्त शिविर हुदैछ । पांचौ दिन पोखरा-१८ को मणिज्योती आधारभुत विधालयमालाई पुस्तकालयमा कम्प्युटर, शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गर्ने संयोजक सुनारले बताए।
छैठौं दिन पोखराका विभिन्न स्थानमा ट्राफिक र साइबर क्राइमबारे जनचेतना प्रदान गरिनेछ । सप्ताहको अन्तिम दिन गण्डकी युवा वक्तासँगै समापन कार्यक्रम गरिने पोखरा जेसिजले जानकारी दिएको छ ।
दिगो विकासका लागि युवा नेतृत्व विषयमा हुने वकतृत्वकला प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछ । तेस्रो र सान्त्वना हुनेले ८ हजार र पाँच हजार रुपैयाँ जित्नेछन ।
पोखरा जेसिजले सन् २००९ देखि विभिन्न सामाजिक गतिविधिमा काम गर्दै आइरहेको छ । सन् २०२० पछि हरेक वर्ष जेसीज सप्ताह मनाउन थालिएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो