कुश्मा नगरपालिका वडा नं. २ को ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रमबाट २५० जना जति ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्यकर्मी र प्राविधिक सहयोग खुर्कोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र बगैँचाले गरेको वडा सचिव हरि रेग्मीले जानकारी दिए ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले यो कार्यक्रम सञ्चालन गरेको रेग्मीले बताए ।
उक्त कार्यक्रमा स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घर घरमा पुगी सुगर जाँच, ब्लड प्रेसर जाँच तथा अन्य सामान्य स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेको रेग्मीले बताए ।
प्रत्येक महिना हुने यस कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र बगैँचाबाट २ जना स्वास्थ्यकर्मी र खुर्कोट स्वास्थ्य चौकीबाट ३ जना स्वास्थ्यकर्मी गरेर ५ जनाको टोली वडा स्थित घरघरमा डुलेर सेवा प्रदान गर्ने खुर्कोट स्वास्थ्य कार्यालयका प्रमुख टेकनाथ सुवेदीले जानकारी दिए ।
गत माघबाट सुरु भएको १ लाख १० हजार बजेटको कार्यक्रम यही असारसम्म चल्नेछ ।
वडा अध्यक्ष लालकृष्ण शर्माले यो कार्यक्रम आफ्नो कार्यकाल अवधिभर बजेट व्यवस्था गरी निरन्तरता दिने योजनामा रहेको बताए । स्वास्थ्यकर्मीबाट पूर्ण साथ सहयोग पाएकाले आफूहरुलाई काम गर्ने सजिलो र उच्च मनोबलका साथ ढुक्कले काम गर्न पाएको कार्यालयका प्रमुख सुवेदीले बताए ।

सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो