कुश्मा नगरपालिका वडा नं. २ को ज्येष्ठ नागरिकसँग वडाध्यक्ष कार्यक्रमबाट २५० जना जति ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
स्वास्थ्यकर्मी र प्राविधिक सहयोग खुर्कोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र बगैँचाले गरेको वडा सचिव हरि रेग्मीले जानकारी दिए ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले यो कार्यक्रम सञ्चालन गरेको रेग्मीले बताए ।
उक्त कार्यक्रमा स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घर घरमा पुगी सुगर जाँच, ब्लड प्रेसर जाँच तथा अन्य सामान्य स्वास्थ्य जाँच लगायतका सेवा प्रदान गरेको रेग्मीले बताए ।
प्रत्येक महिना हुने यस कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र बगैँचाबाट २ जना स्वास्थ्यकर्मी र खुर्कोट स्वास्थ्य चौकीबाट ३ जना स्वास्थ्यकर्मी गरेर ५ जनाको टोली वडा स्थित घरघरमा डुलेर सेवा प्रदान गर्ने खुर्कोट स्वास्थ्य कार्यालयका प्रमुख टेकनाथ सुवेदीले जानकारी दिए ।
गत माघबाट सुरु भएको १ लाख १० हजार बजेटको कार्यक्रम यही असारसम्म चल्नेछ ।
वडा अध्यक्ष लालकृष्ण शर्माले यो कार्यक्रम आफ्नो कार्यकाल अवधिभर बजेट व्यवस्था गरी निरन्तरता दिने योजनामा रहेको बताए । स्वास्थ्यकर्मीबाट पूर्ण साथ सहयोग पाएकाले आफूहरुलाई काम गर्ने सजिलो र उच्च मनोबलका साथ ढुक्कले काम गर्न पाएको कार्यालयका प्रमुख सुवेदीले बताए ।

सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?