ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते

fire aago aaglagi

काठमाडौँ । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।

आइतबार ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा रौतहट घर भएका सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीकाअनुसार उक्त टहरोमा मोबिल स्टोर थियो । डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगो करिब ४५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ