गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्ने बताएका छन् ।
गण्डकीका मानवअधिकार कर्मीसँगको भेटमा उनले मानव अधिकारको विषय अत्यन्त गम्भिर विषय रहेको र यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्नेमा जोड दिएका हुन् ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उनले उल्लेख गरे । मानव अधिकार रक्षकको सहजताका लागि, भौतिक संरचना व्यवस्थापनका लागि आफूले समन्वय गर्ने वचनबद्धता प्रकट पनि गरे ।
प्रदेश प्रमुख समक्ष राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय, पोखराका कार्यालय प्रमुख मायादेवी शर्मासहितको टोलीले भेट गरी केन्द्रीय कार्यालय र प्रदेश कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी तथा छलफल गरेका हुन् ।

टोलीमा मानव अधिकार अधिकृत टंक प्रसाद खनाल, खिमलाल सुवेदी, मोहन काफ्लेलगायत सहभागी थिए । उक्त अवसरमा कार्यालय प्रमुख शर्माले आयोगको केन्द्रीय कार्यालयबाट प्रकाशित २३ औं वार्षिक प्रतिवेदन तथा गण्डकी प्रदेशको वार्षिक गतिविधि पुस्तिका २०७९/०८० माननीय प्रदेश प्रमुखलाई हस्तान्तरण गरिन् ।
कार्यालय प्रमुख शर्माले राज्य तहबाट मानव अधिकारको कार्यान्वयनको अवस्थामा सुधार ल्याउनुपर्ने खाँचो औंल्याउँदै द्वन्द्वकालसँग सम्बन्धित मुद्धा सबैभन्दा बढी रहेको उल्लेख गरिन् ।
शर्माले आयोगको कार्यालयको केन्द्रदेखि सबै प्रदेशमा कहिँपनि आफ्नै जग्गा र भवन नरहेको जानकारी गराउँदै भौतिक संरचना लगायतका विषयमा सहयोगको अपेक्षा राखेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो