अनेरास्ववियु कास्कीले गर्‍यो बुद्धिचाल प्रतियोगिता

अनेरास्ववियु कास्कीले गर्‍यो बुद्धिचाल प्रतियोगिता

akhil kaski (1)

पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागले बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ ।

खेलकुद विभागले गरेको बुद्धिचाल प्रतियोगिताको विजेता ईश्वर घिमिरे बनेका छन् । उपविजेता परिवेश थापा र तेस्रो जेनिश गुरुङ भए । प्रतियोगितामा कास्कीका ८९ जना विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोग अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी कास्की सदस्य सुनिल तिमिल्सिना, विशेष अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य विजय पौडेल, एमाले कास्की जिल्ला कमिटी सदस्य महेन्द्र उपाध्याय, बलराम पहारी साथै अनेरास्ववियु केन्द्रिय सदस्य अनुप लामिछाने, बिनय पराजुली, बिष्णु पोखरेल लगायत उपस्थित थिए ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्ष सन्तोष पोखरेलले अध्यक्षता गरेको कार्यक्रम सागर पौडेलले संयोजन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ