पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको शनिबार काम सकिएसँगै ट्रयाक खुलेको हो । ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ ।
पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलव २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रसमेत गरेका छन् ।
पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रुपमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत समेटिएको थियो । गत आवमा पनि सडक डिभिजन कार्यालय पोखरामार्फत रु दुई करोड बजेट विनियोजन भएर ट्रयाक खुलाउने काम भएको थियो ।
सडक डिभिजन कार्यालय पोखराका अनुसार यो सडक नालीसहित नौ मिटर चौडा हुनेछ भने सडकलाई पाँच मिटर चौडाइ मात्रै कालोपत्रे गरी दुवैतर्फ एक÷एक मिटरको साइकल लेन बनाउने तयारी रहेको इन्जिनियर उज्ज्वल शर्माले बताए । यो सडकमा १० देखि २० मिटर लम्बाइका साना १४ पुल बनाउनुपर्ने छ भने दुईदेखि छ मिटरसम्मका ११ आरसिसी स्लाब बनाउनुपर्छ । सबै सडकमा ह्युमपाइप कल्र्भट दुई सय १४ छन् । पोखराबाट डाँडैडाँडा सेतीवेणीदेखि पोखरासम्म बन्ने भएकाले ठूला पुल तथा धेरै कल्र्भट नपर्ने हुँदा यो सडक तुलनात्मक रुपमा सस्तोसमेत पर्ने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।
सेतीवेणीदेखि पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत विकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्ने छ ।
पर्वत जिल्लाका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहलाई प्रत्यक्ष लाभान्वित हुने यो सडक पोखराको पर्यटकीय क्षेत्र लेकसाइड, पञ्चासे, डहरे, घण्टे, सिरुबारी, महाशिला शिला क्षेत्र, चिसापानी, पैयुकोट, गाल्र्याङ, सेतिबेनी र रिडीजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र जोडिने भएका छन् । पोखराको लेकसाइडबाट साइकल चढेर गुल्मीको रिडीसम्म प्राकृतिक मनोरम वातावरणमा रमाउँदै पुग्न सकिन्छ ।
यो सडकअन्तर्गत कास्कीको भदौरे तामागी, चित्रे, आर्थर, खुम, लाम्तुन, दुक्तान, देउराली, गेप्ताङमा रेहका होमस्टेको प्रवद्र्धनका साथै मौलिक संस्कृति, चालचलन, रीतिरिवाजको जगर्ना गर्न समृद्ध ठूलो मद्दत पुग्ने राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । बहुआयामिक महत्वको यो सडकलाई पूर्णता दिनका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई निरन्तर आग्रह गरिरहेको उनले बताए । रासस
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा