तनहुँ । क्षेत्रिय हाेटल सँघ डुम्रे बजार इकाइकाे १३ अाैँ वार्षिक साधारणसभा शनिवार डुम्रेमा सम्पन्न भएको छ । इकाईका सभापति बासुदेव अधिकारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि क्षेत्रिय हाेटल सँघ तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ रहेका थिए । साधारणसभाकाे उद्घाटन गर्दै श्रेष्ठले सम्पूर्ण हाेटल व्यवसायी एकजुट भएर लाग्न अनुरोध गरेका छन् । “हामी एकजुट भयौं भने हाम्रो सँघ बलियो हुन्छ” श्रेष्ठले भने, तनहुँमा हाेटल ब्यबसायिकाे हक हित र अधिकारकाे लागि लड्ने एकमात्र सँस्था क्षेत्रीय हाेटल सँघ मात्रै भएको दाबि गरे समेत उनले गरे ।

“बिचमा काेहि ब्यबसायि भ्रममा परेर कुर्चिकाे पछि लागेर सँघ छाेडेर गएको र उनिहरूकाे पछि कोहि कोहि व्यवसायिहरू लागेको भए पनि अहिले उनिहरू मुल घर क्षेत्रीय हाेटल सँघमै फर्केर अाउन थालेको श्रेष्ठको भनाइ थियोे ।कार्यक्रममा निवर्तमान अध्यक्ष गणेशकुमार श्रेष्ठ, जिवन शाही, राम जाेशि, सचिव बिकास खनाल, डुम्रे माछा मासु ब्यवसायि समितिका अध्यक्ष राजु खड्कि, लालकुमार श्रेष्ठ, बेनिबहादुर थापा, महेन्द्र माेहन भट्टराई, प्रहरी निरिक्षक निरज डाँगि, भक्त गुरूङ लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

इकाईका कोषाध्यक्ष सराेज श्रेष्ठले कोषाध्यक्षकाे प्रतिवेदन पेश गरेको उक्त कार्यक्रममा सचिव सन्ताेष थापाले सचिवकाे प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र खड्काले र सन्चालन सुनिता थापाले गरेका थिए । साे अवसरमा विभिन्न ब्यक्तिहरूलाइ सम्मान गर्नुका साथै मायाँकाे चिनाे प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’