स्याङ्जाको पुतलीबजार नगरपालिका -३ कुमालगाउँस्थित स्याङ्जा अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरु भएको छ । जिल्ला अस्पताल स्याङ्जामा बालरोग विशेषज्ञ डा. बिनोद गैरे आएपछि सो सेवा सुरु भएको हो ।
स्याङ्जामा बालविशेषज्ञ नहुँदा यहाँबाट बालबालिका बिरामी भएर पोखरा, पाल्पा लगायतका ठाउँमा उपचारका लागि जाने बाध्यता हटेको स्याङ्जा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् । उनले बाल विशेषज्ञ सहितको सेवा सुरु भएपछि अस्पतालमा बढ्दै गएका बिरामी बालबालिकाको उपचारमा सहज भएको बताइन् ।
बालरोग विशेषज्ञ डा. गैरेले सो सेवा सुरु भएसङ्गै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा पाउने बताए । उनले सेवा बिहान ७ बजेबाट नै दिन लागेको बताए ।
बालविशेषज्ञ सहितको सेवा दिन थालेपछी बाल उपचारका लागि विभिन्न ठाँउबाट नागरिकहरु आउने अपेक्षा राखेको अस्पतालले जनाएको छ ।
अहिले अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा, ल्याब, दन्तरोग विशेषज्ञ सेवा, माइनर अपरेसनसहितको सेवा दिँदै आइरहेको छ ।
यसैगरी, अस्पतालमा सोडियम पोटासियम टेस्ट, मिर्गौला उपचार सेवा, कलेजोको ब्याक्टेरिया कल्चर सेवा, मुटुको धड्कन जाँच, डिजिटल एक्स-रे, इसिजी लगायतका सेवा चौबीसै घन्टा पाइने गरिन्छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा