कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए । दुर्घटनामा ४३ ले ज्यान गुमाए भने ३२ गम्भीर घाइते भए । अर्को वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भयो । ७९ जना गम्भीर घाइते भए । आव २०७९/८० मा एक सय १७ सडक दुर्घटना भए । ४४ जनाले ज्यान गुमाए भने एक सय २३ गम्भीर घाइते भए ।
चालु आवको वैशाख तेस्रो सातासम्ममा भएका ७७ दुर्घटनामा ३५ जनाको मुत्यु भएको छ । गम्भीर घाइते हुनेको सङ्ख्या ४९ छ । यो तथ्याङ्कले बर्सेनि सवारी दुर्घटना बढिरहेको देखाउँछ । झण्डै चार वर्षको अवधिमा कास्कीमा भएका सडक दुर्घटनामा परी एक सय ७७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक भानु शर्माका अनुसार पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । पछिल्लो समय पोखरा–बागलुङ राजमार्गको जिरो किमिदेखि हरिचोक खण्डमा दुर्घटना बढी भएको पाइएको उनको भनाइ छ । जिरो किमिदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको बताइन्छ ।
“दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादकपदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ”, प्रहरी निरीक्षक शर्माले भने, “प्रयाप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङ जस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।”
चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा र यातायात सेवाका नियमबारे चालकदेखि पैदलयात्रुसम्म सचेत र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
९० देखि ९५ प्रतिशतसम्मको सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । बढ्दो आवादी, सवारी चाप, ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माण र विस्तार कार्यले पनि दुर्घटनाको जोखिम बढाएको हो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु