पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ ।
लामो समयदेखि बिरामी रेग्मीको बिहान सवा ५ बजे आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिकास्थित गेझवासमा भएको हो । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा राखिने भएको छ ।
जिब्रोको क्यान्सरको उपचार गराइरहेका उनी पछिल्लो समय काठमाडौंबाट घर फर्केका थिए । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति रेग्मी राष्ट्रिय सभाका पूर्व सदस्य समेत हुन् ।
उनी लामो समय शिक्षण पेसामा आबद्ध थिए । मनकामना मावि, त्रिभुवन आदर्श मावि, दहथुम माविमा उनले लामो समय गणित र विज्ञान विषय पढाए । राजनीतिक स्वार्थको चपेटामा परेका उनी करार शिक्षकका रुपमा कार्यरत रहे । रेग्मी अहिले पनि खगेन्द्र सरका नामले जिल्लामा पुकारिन्छन् ।
सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ २७ गते उनीमाथि माओवादीले गोली हानेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनी पटकपटक जेल परे । जेल परेका बेला उनलाई चरम यातना दिइएको रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् ।
पिता देवीप्रसाद माता नोनाकुमारीका १३ सन्तानमध्ये खगेन्द्र तेस्रो हुन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’