पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ ।
लामो समयदेखि बिरामी रेग्मीको बिहान सवा ५ बजे आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिकास्थित गेझवासमा भएको हो । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा राखिने भएको छ ।
जिब्रोको क्यान्सरको उपचार गराइरहेका उनी पछिल्लो समय काठमाडौंबाट घर फर्केका थिए । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति रेग्मी राष्ट्रिय सभाका पूर्व सदस्य समेत हुन् ।
उनी लामो समय शिक्षण पेसामा आबद्ध थिए । मनकामना मावि, त्रिभुवन आदर्श मावि, दहथुम माविमा उनले लामो समय गणित र विज्ञान विषय पढाए । राजनीतिक स्वार्थको चपेटामा परेका उनी करार शिक्षकका रुपमा कार्यरत रहे । रेग्मी अहिले पनि खगेन्द्र सरका नामले जिल्लामा पुकारिन्छन् ।
सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ २७ गते उनीमाथि माओवादीले गोली हानेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनी पटकपटक जेल परे । जेल परेका बेला उनलाई चरम यातना दिइएको रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् ।
पिता देवीप्रसाद माता नोनाकुमारीका १३ सन्तानमध्ये खगेन्द्र तेस्रो हुन् ।
सम्बन्धित खबर
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण