पोखरा । सार्दीखोला पोखरा सम्पर्क समितिको चौथो अधिवेशनले बम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य, द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ, सचिव अनिल गुरुङ, सहसचिव धन बहादुर गुरुङ र कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन्।
समितिको सदस्यहरुमा सु. शेर बहादुर गुरुङ, आश कुमारी गुरुङ, कमला गुरुङ, सु. तेज बहादुर गुरुङ, नासु हिरा बहादुर घले, ईन्द्रकाजी गुरुङ, क्या. हर्क बहादुर गुरुङ, लिला बहादुर क्षत्री र दुर्गा लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएका छन।
अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले उद्घाटन गर्दै सार्दिखोला पोखरा सम्पर्क समितिले गरेको काम प्रशंशनीय रहेको बताए।
सम्पर्क समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा १३ औं साधारण सभामा माछापुच्छ्रे गाउँपालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य, माछापुच्छ्रे माविका प्रअ सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बर बहादुर गुरुङ्ग, सदस्य मित्रलाल आचार्य, प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैक्षििक र सामाजिक क्षेत्रमा पुर्याएको भुमिकाको चर्चा गरेका थिए।
अधिवेशनमा अध्यक्ष बम बहादुर गुरुङ्गको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको सचिव अनिल गुरुङ्गले जानकारी दिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन