पोखरा । नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा मावि तहमा डा. बोधराज ढकाल र डा. यामनाथ तिमिल्सिना, आधारभूत तह (६-८)मा डोलराज अर्याल र शिवहरि सुवेदी र आधारभूत तह (४-५)मा माधवशरण उपाध्याय र लोकचन्द्र खनालले नेपाली भाषाका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सिपबारे सहजीकरण गरे ।
समारोहमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटाले भाषा जोगाउने दायित्व शिक्षकहरुको काँधमा रहेको जनाए । ‘नेपाली भाषामाथि चौतर्फी आक्रमण भएको अवस्थामा हामी संवेदनशील हुनुपर्छ । विद्यार्थीमा नेपाली भाषाप्रति मोह जोगाउन आवश्यक छ,’ उनले भने । कार्यालयले गर्नुपर्ने काम भाषा परिषद्ले गरेको भन्दै उनले धन्यवाद दिए ।
मदरल्यान्ड माविका प्रधानाध्यापक नारायण बरालले प्रश्नपत्रको निर्माण स्तरीय हुनुपर्ने र प्रश्नहरुले विद्यार्थीको स्तर र भाषाको ज्ञान बढाउन सघाउनुपर्नेमा जोड दिए । आयोजक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले नेपाली भाषा बचाउने मुख्य दायित्व नेपाली शिक्षकहरुकै रहेको औंल्याउँदै त्यस कार्यमा उच्च मनोबलका साथ लाग्न आग्रह गरे ।
संस्था महासचिव एवं कार्यक्रम संयोजक शिवहरि सुवेदीले विगतमा गरेका कार्यशालाका प्रभावकारिताको अनुभवका आधारमा शिक्षककै मागका आधारमा कार्यक्रम राखिएको जनाए ।
कार्यशालाका सहभागी रेन्बो एकेडेमी होम्स माविका नेपाली शिक्षकद्वय दुर्गा थापा र स्मिता खाँडले यस्ता कार्यशाला प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलाई सहज बनाउने अपेक्षा सुनाए ।
प्रतिभा माविका शिक्षकद्वय अमृता गुरुङ र अमृता जिसीले कार्यशालाले शिक्षण र पेसाप्रति थप जिम्मेवार बनाएको उल्लेख गरे । कार्यक्रममा १५० भन्दा बढी विद्यालयका २५० भन्दा बढी नेपाली भाषाका शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल गणित समाज शिक्षा परिषद् गण्डकी प्रदेश अध्यक्ष डा.त्रिभुवन शर्मा, परिषद्का वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा