तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता एवं रमाइलो मेला बिहीबारदेखि बयरघारी स्थित भिरकोट खेलमैदानमा शुरु भएको छ ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा आयोजना गरेको रमाइलो मेलाको उद्घाटन नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका हुन् ।
मेलाको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कर्माचार्यले मेलाको सफलताको लागि सम्पुर्ण भिरकोटबासीले हातेमालो गर्दै लागि पर्नुपर्नेमा जोड दिए । उनले मेला तथा खेल प्रतियोगिता अनुशासित र सभ्य तरिकाले संचालन गर्न आग्रह गर्दै पालिकाले उक्त मेला र खेल प्रतियोगिता सफल बनाउन सक्दो सहयोग गर्ने बताए ।

२५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भिरकोट खेलमैदानमा रमाइलो मेला २०८१ को आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।
उक्त १० दिने रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मेलामा राखिएका स्टलहरुबाट दैनिक जिवनमा उपयोग हुने अत्यावश्यक सामाग्रीहरुको किनबेच हुने, हस्तकलाहरु एवं विभिन्न किसिमका व्यापारीक स्टलहरु, रेल, डुङ्गा लगायतका मनोरञ्जनात्मक बालउद्यानका सामाग्री साथसाथै स्थानीय कलाकारसहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ विविध सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मगरले बताए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन