तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता एवं रमाइलो मेला बिहीबारदेखि बयरघारी स्थित भिरकोट खेलमैदानमा शुरु भएको छ ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा आयोजना गरेको रमाइलो मेलाको उद्घाटन नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका हुन् ।
मेलाको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कर्माचार्यले मेलाको सफलताको लागि सम्पुर्ण भिरकोटबासीले हातेमालो गर्दै लागि पर्नुपर्नेमा जोड दिए । उनले मेला तथा खेल प्रतियोगिता अनुशासित र सभ्य तरिकाले संचालन गर्न आग्रह गर्दै पालिकाले उक्त मेला र खेल प्रतियोगिता सफल बनाउन सक्दो सहयोग गर्ने बताए ।

२५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भिरकोट खेलमैदानमा रमाइलो मेला २०८१ को आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।
उक्त १० दिने रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मेलामा राखिएका स्टलहरुबाट दैनिक जिवनमा उपयोग हुने अत्यावश्यक सामाग्रीहरुको किनबेच हुने, हस्तकलाहरु एवं विभिन्न किसिमका व्यापारीक स्टलहरु, रेल, डुङ्गा लगायतका मनोरञ्जनात्मक बालउद्यानका सामाग्री साथसाथै स्थानीय कलाकारसहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ विविध सांस्कृतिक कार्यक्रम गरिने क्लबका अध्यक्ष मगरले बताए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’