स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
बुद्ध जयन्ती तथा क्लबको वार्षिकोत्सबको अवसरमा भिरकोट खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा युवाहरु लक्षित खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देशका साथ भिरकोट खेलमैदानमा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा रमाइलो मेला आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।

लिग सिस्टम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताए ।
यहि २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले खेल अनुशासन र सभ्य तरिकाले संचालन गर्न आग्रह गरेका थिए । उनले खेलका माध्यमबाट देशको शिर उच्च बनाउन सकिने जनाउँदै भिरकोटमा आयोजित प्रतियोगिता देशकै उदाहरणीय प्रतियोगिताको रुपमा चिनाउन सबै लागि पर्नुपर्ने बताएका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्