पोखरा सिद्धार्थचोक स्थित युनिस्टार एजुकेशन पोखराको आयोजनामा यही जेठ १३ गते आइतवार (२६ मे) मा ‘स्टडी अब्रोड एडुफेयर २०२४’ हुँदैछ ।
अष्ट्रेलिया, युएसए, युके र क्यानडा अध्ययनका लागि परामर्श दिंदै आइरहेको युनिस्टारले आफ्नै सभाहलमा फेयर गर्न लागेको हो ।
उक्त मेलामा यूएसए, युके तथा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्ने मेनेजिङ डाइरेक्टर सन्तोष शाहीले जानकारी दिए ।
फेयरमा सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्छन् । ‘सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिएस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गर्नेछौं ।’ – शाहीले भने – ‘शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ । ती कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस, पिटिइ गर्न चाहेमा हामीले ५० प्रतिशत छुट अफरको पनि व्यवस्था गरेका छौं ।’
साथै, मेलामा सहभागी सबै विद्यार्थीहरुलाई विभिन्न उपहारको पनि व्यवस्था गरेका गरिएको छ । प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थीहरु एडुफेयरमा भाग लिन सक्नेछन् ।
विशेष गरी यएुसए, युके र अष्ट्रेलिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जब् आदि सम्बन्धमा जानकारी लिन सक्नेछन् ।
यूएसए, युके र अष्ट्रेलियामा अध्ययन पछाडी काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी गराइनेछ ।
युनिस्टारले आइएलटिएस, पिटिइ र टोफलका तयारी कक्षाका साथै यएुसए, युके, अष्ट्रेलिया, क्यानाडा, र आयरल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ ।
सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेको यूनिस्थार युके, युएसए लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हो ।
नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त युनिस्टार एजुकेशन विगत लामो समय देखि विद्यार्थीहरुलाई परामर्श दिंदै आइरहेको संस्था रहेको शाहीले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो