स्याङ्जाको वालिङ् नगरपालिका -६ मिर्दीमा साहित्यकार अञ्जना पौडेलको उपन्यास `चरिमाई´ माथि विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार उक्त उपन्यासको विमर्श गरिएको हो ।
साहित्यकार शम्भु अर्याल र अनन्त अर्यालले परिचर्चा कार्यक्रममा `चरिमाई´ उपन्यासको समीक्षात्मक टिप्पणी राखेका थिए । लेखक पौडेलले उपन्यासमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई गहिरिएर चर्चा गरेको समीक्षकहरुले बताए ।
लेखक पौडेलले `चरिमाई´ उपन्यासमा नेपाली समाजका कथालाई जोड्ने प्रयास गरेको परिचर्चा कार्यक्रममा जानकारी दिइन् । उनले `हाम्रो समाजमा अझै ब्याप्त आम विषयवस्तु छन्, नुवाकोट र रसुवा बसाइँका क्रममा त्यहाँ देखेको कुरालाई नै उपन्यासको कथा बनाएकी हुँ´, भनिन् ।
यस्तै, दोस्रो चरणमा राखिएको रचना वाचन कार्यक्रममा साहित्यकार धुर्वप्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पङ्गेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि मिलन समिरले सहजीकरण गरेका थिए । अञ्जना पौडेलले लेखेको उपन्यास `चरिमाई´ इन्डिगो इन्कबाट प्रकाशित भएको छ भने पुस्तकको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?