स्याङ्जाको पुतलीबजार नगरपालिकाले पालिका भएर बग्ने आँधिखोलामा डोजर हालेर नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको छ । स्थानीयले अवरोध गरेपछि पालिकाको अनुमति भन्दै स्याङ्जा प्रहरी कार्यालय नै उत्खनन् कार्यलाई संरक्षण गर्दै आएको छ ।
नेपालका कुनैपनि खोलानालाहरुमा ठुला मेसिनहरु प्रयोग गरी नदीजन्य पदार्थहरु उत्खनन गर्न पाइने कानुन नरहेको भन्दै संघर्ष समितिका संयोजक अग्निप्रसाद भण्डारीले मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
पुतलीबजार नगरपालिकाले भने कार्यपालिकाको बैठकमार्फत् लामा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंलाई आँधिखोला बगरबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि अनुमति दिने निर्णय गरेको थियो । डोजर प्रयोग गरेर उत्खनन् गर्न तथा मापदण्ड विपरीत क्रसर राख्नका लागि निर्णय गर्ने अधिकार पालिकालाई नभएको जानकारहरु बताउँछन् । कसैले पनि मापदण्ड विपरितका कार्य गर्न पाइनेछैन ।
पालिकाले लामा कन्स्ट्रक्सनलाई ४ वटा एक्साभेटर, एकवटा ब्याक हो लोडर र ९ वटा ट्रिपर मार्फत आँधिखोला बगरबाट नदीजन्य पदार्थ ढुङ्गा, गिटि, बालुवा उत्खनन र संकलनका लागि अनुमति दिएकोमा अवरोधलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
यसै विषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफ्नो दायित्वबाट पन्छिदै जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा क्रसरको अनुगमन र नियन्त्रणको अधिकार स्थानीय सरकारलाई भएको बताइन् ।
विकास निर्माण अपरिहार्य भएतापनि मापदण्ड विपरीत र कानुन विपरीत कुनै कार्य गर्न नपाइने हुँदा यसबारे थप बुझ्ने क्रममा स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले गण्डकी प्रहरी प्रमुख प्रहरी महानिरीक्षकलाई प्रश्न राख्न आग्रह गरे भने महानिरीक्षक दुर्गा सिंहले घटनाबारे आफुले बुझ्ने बताइन् ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकको लगानी तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा स्थानीय सरकारले निर्माण सामाग्री उपलब्ध गराउनुपर्ने भएकाले समय अभावका कारण आयोजनाको लागि नदीजन्य पदार्थ उत्खननका लागि मेसिन/उपकरणहरु प्रयोग गर्न अनुमति दिएको नगरप्रमुख तुलसीराम रेग्मीले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु