पोखरा । नेकपा एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशन शनिबारदेखि सुरु भएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे ।
अधिवेशनले नयाँ कमिटी निर्वाचित गर्नेछन् । नयाँ कमिटिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम रहेको प्रतिनिधि बताउँछन् ।
महानगरमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटगत प्रतिस्पर्धा लगभग पक्का छ ।
गुरुङको गुटबाट अध्यक्षमा दीपक पौडेल उम्मेद्वार हुने पक्का छ । यस्तै, उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का तथा उपसचिवमा किरण गौतम र लालबहादुर राना उम्मेद्वार हुने बुझिएको छ ।
पौडेल यसअघि पोखरा महानगरकै मेयरको टिकट पाएर पनि खोसिएका व्यक्ति हुन् । उनलाई एमालेले राष्ट्रियसभा सदस्य उम्मेद्वार बनाउने चर्चा थियो । यद्यपि उनी उम्मेद्वार हुन पाएनन् ।
अधिकारी गुटबाट हालका सचिव जीवन आचार्य अध्यक्षका उम्मेद्वार हुन् । उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत तथा सहसचिवमा विष्णु गौतम र हरिमाया विश्वकर्मा उम्मेद्वार हुने निश्चित जस्तै छ । सचिवमा स्वतन्त्र रुपमा लक्ष्मण तिमिल्सिनाले पनि उम्मेद्वारी दिने चर्चा छ । दुवै टिमले उम्मेद्वार सार्वजनिक गरिसकेका छैनन् । यद्यपि आन्तरिक तयारी भने गरिरहेका छन् । अध्यक्षका दाबेदार आचार्य यसअघि पोखरा महानगर १६ नम्बर वडाका अध्यक्ष भएर काम गरिसकेका हुन् ।
‘सर्वसम्मत् हुने सम्भावना न्यून छ । शनिबार रातभरमा सर्वसम्मत् नभए आइतबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्छ,’ एक नेताले भने ।
अधिवेशन अन्तर्गत आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदन सभामा प्रस्तुत भएको छ । यस्तै, अध्यक्ष मण्डल समेत गठन भैसकेको छ ।
कृष्ण थापाको अध्यक्षतामा बनेको समितिको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र वैनहादुर अधिकारी क्षत्री सदस्य छन् । यसअघि कास्कीको निर्वाचनमा अधिकारी गुटले क्लिन स्वीप गरेको थियो । सोही नतिजा दोहो¥याउने दाउमा अधिकारी समूह लागेको छ । यद्यपि गुरुङ पक्ष पनि निर्वाचनमा आफ्नो पक्ष बलियो रहेको दाबी गरिरहेको छ ।
अधिवेशनका लागि आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ ,जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना तथा उपसचिव २ जना निर्वाचित हुनेछन् । ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर