पोखरा । नेकपा एमाले पाेखरा महानगर पालिकाको दाेश्रो अधिवेशनले निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने झिनो प्रयासलाई नेताहरुले चासो नदिएको भन्दै दुवै पक्ष निर्वाचनको तयारीमा होमिएको छ ।
उमेद्वार दर्ता प्रकृया समाप्त हुँदा निर्वाचनमा दुई समुह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका छन् । समूहको नेतृत्व दीपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका हुन् ।
पोखरा सभागृहमा जारी कमिटीको दोस्रो अधिवेशनअन्तर्गत आइतबार मनोनयनमा अध्यक्षका लागि जीवनप्रसाद आचार्य र दीपक पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य हालका सचिव हुन् भने पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकट पाएर पनि खोसिएका नेता हुन्।
चुनावमा सर्वसम्मत प्रयास असफल बनेपछि निर्वाचत कमिटीले मनोनयन लिएको हो। गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट स्पष्ट छ। गण्डकी प्रदेशको चुनाव होस् वा कास्की जिल्ला कमिटीको चुनावमा गुरुङ र अधिकारी प्यानल स्पष्ट खुलेरै चुनाव लडेकोमा पालिकास्तरमा पनि यो गुट व्याप्त देखिन्छ।
अध्यक्षमा मनोनयन दिएका पौडेल पृथ्वीसुव्वा गुरुङ गुटका हुन्। उनको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतमले मनोनयन दर्ता गरे ।
अध्यक्षमा मनोनयन दिएका आचार्य खगराज निकट हुन्। उनको प्यालनबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा प्रतिस्पर्धामा छन्। उपसचिव खुलातर्फ बलराम गिरीले पनि उम्मेदवारी दिएका छन्।
चुनावमा ६८ क्लष्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुन् छन्। जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए।
अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन्। तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन्।
अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री सदस्य छन्।
अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। मतदान सोमबार बिहान ७ बजेदेखि इलेक्ट्रिक भोटिङमार्फत हुने निर्वाचन कार्यतालिका छ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह