पोखरा । नेकपा एमाले पाेखरा महानगर पालिकाको दाेश्रो अधिवेशनले निर्वाचनबाटै नेतृत्व चयन गर्ने भएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने झिनो प्रयासलाई नेताहरुले चासो नदिएको भन्दै दुवै पक्ष निर्वाचनको तयारीमा होमिएको छ ।
उमेद्वार दर्ता प्रकृया समाप्त हुँदा निर्वाचनमा दुई समुह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका छन् । समूहको नेतृत्व दीपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका हुन् ।
पोखरा सभागृहमा जारी कमिटीको दोस्रो अधिवेशनअन्तर्गत आइतबार मनोनयनमा अध्यक्षका लागि जीवनप्रसाद आचार्य र दीपक पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य हालका सचिव हुन् भने पौडेल अघिल्लो पटक पोखरा महानगरपालिका मेयरको टिकट पाएर पनि खोसिएका नेता हुन्।
चुनावमा सर्वसम्मत प्रयास असफल बनेपछि निर्वाचत कमिटीले मनोनयन लिएको हो। गण्डकी प्रदेशमा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट स्पष्ट छ। गण्डकी प्रदेशको चुनाव होस् वा कास्की जिल्ला कमिटीको चुनावमा गुरुङ र अधिकारी प्यानल स्पष्ट खुलेरै चुनाव लडेकोमा पालिकास्तरमा पनि यो गुट व्याप्त देखिन्छ।
अध्यक्षमा मनोनयन दिएका पौडेल पृथ्वीसुव्वा गुरुङ गुटका हुन्। उनको प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतमले मनोनयन दर्ता गरे ।
अध्यक्षमा मनोनयन दिएका आचार्य खगराज निकट हुन्। उनको प्यालनबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा प्रतिस्पर्धामा छन्। उपसचिव खुलातर्फ बलराम गिरीले पनि उम्मेदवारी दिएका छन्।
चुनावमा ६८ क्लष्टरमा ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुन् छन्। जसमा कुल २ सय २८ जनाले मनोनयन दिएको निर्वाचन अधिकृत अधिवक्ता मदनप्रसाद तिवारीले बताए।
अधिवेशनका लागि करिब ५ सय प्रतिनिधिले भाग लिएका छन्। तीमध्ये आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ , जनवर्गीय संगठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन्।
अधिवेशनका लागि कृष्ण थापा नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ। जसको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र बैनहादुर अधिकारी क्षत्री सदस्य छन्।
अधिवेशनको शनिबार आयोजित समारोहमा पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए। मतदान सोमबार बिहान ७ बजेदेखि इलेक्ट्रिक भोटिङमार्फत हुने निर्वाचन कार्यतालिका छ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’