स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा सञ्चालित तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी बयरघारी पिस युथ क्लबले जितेको छ ।
राङ्खोला भलिबल क्लबलाई बयरघारीले ३-० को सेटमा २५-२२, २५-२२ र २५-२१ अङ्कले पराजित गर्दै उपाधी जितेको हो । उपाधी जितेसङ्गै बयरघारीले एक लाख १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो । उपविजेता राङ्खोलाले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ६५ हजार रुपियाँमा चित्त बुझाएको हो ।
भीरकोटस्थित बयरघारी खेलमैदानमा आयोजित उक्त भलिबल प्रतियोगितामा न्यू होराइजन भलिबल क्लबले वालिङ् भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्दै तृतीय भएको हो । होराइजनले वालिङ्लाई २५-१७, २५-२० र २६-२४ अङ्कले पराजित गरेको हो ।
प्रतियोगितामा तृतीय भएको होराइजनले ३५ हजार र सान्त्वना वालिङ्ले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी उमेश सेन्चुरी(बयरघारी), उत्कृष्ट स्पाइकर दर्शन गुरुङ(राङ्खोला), उत्कृष्ट सेटर देवेन्द्र परियार(बयरघारी), उत्कृष्ट ब्लकर लेशन गुरुङ(राङ्खोला), उत्कृष्ट कुईकर विवश पुलामी मगर(बयरघारी), उत्कृष्ट सर्भर रुपेश नेपाली(न्यू होराइजन), उत्कृष्ट डिफेन्डर दिवस रुचाल(बयरघारी) र इमर्जिङ खेलाडी आयुष थापा(न्यू होराइजन)लाई ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए ।
बयरघारी पिस युथ क्लबले बुद्ध जयन्ती तथा क्लबको वार्षिकोत्सबको अवसरमा भीरकोटस्थित बयरघारी खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा गरिएको तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । भलिबल प्रतियोगिता लिग कम नक आउट अनुसार खेलाइएको रेफ्री संयोजक देव बहादुर गुरुङले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो