स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा `दलित एकता आजको आवश्यकता´ भन्ने मुल नारासहित जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका अवसरमा विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
दलित उत्थान केन्द्र अर्जुनचौपारीले `जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि विद्यार्थीको भूमिका´ भन्ने विषयमा आयोजना गरेको उक्त प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीले प्रथम(दिपिका अर्याल) र दोस्रो(सुलता थापा मगर) स्थान हासिल गरेको थियो भने पञ्चकन्या माध्यमिक विद्यालय तृतीय(असीम काफ्ले) र शितलादेवी इङलिस बोर्डिङ स्कुलले सान्त्वना(सार्थक अर्याल) स्थान हात पारेको थियो ।
उनिहरुलाई हौसला स्वरूप क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार रुपियाँ सहित प्रमाणपत्रले पुरस्कृत गरिएको दलित उत्थान केन्द्र अर्जुनचौपारीका सभापति दिपक सुनारले बताए ।
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका उपलक्ष्यमा जातीय भेदभाव सम्बन्धी उपचार पुस्तिका विमोचन तथा यस आर्थिक वर्षमा सरकारी सेवामा प्रवेश गरेका दलित समुदायका युवायुवतीलाई सम्मान गरिएको केन्द्रका सभापति दिपक सुनारले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’